होमपेज / समाज
काठमाडौं । रुकुम पश्चिम चौरजहारी घटनामा संलग्न माथि कारबाही माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । बस्ती संरक्षण अभियान नेपालको संयोजकत्वमा राष्ट्रिय दलित पत्रकार संघलगायत विभिन्न संघ–संस्थाले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका उनीहरूले पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने, घटनामा संलग्नहरुको संरक्षण गर्नेलाई कारबाही गर्नुपर्ने लगायत माग गरेका छन् । केही दिन अघि मात्रै चौरजहारीमा केटी लिन भन्दै आएका जाजरकोटका नवराज विक र उनका साथीको शव भेरी नदीमा भेटिएको थियो । घटनामा १ जना अझै बेपत्ता छन् । १९ जनाको समूहमा आएका उनीहरुलाई केटी पक्ष र स्थानीयले हत्या गरेको आरोप लागेको छ ।