ट्रेण्डिङ

होमपेज / समाज

भक्तपुरकी एक महिला ६ दिनमै कोरोनामुक्त 

नेपालगाथा २०७७ जेठ १६ गते शुक्रबार १२:२२:३० मा प्रकाशित

भक्तपुर । भक्तपुरकी एक महिला ६ दिनमै कोरोनामुक्त भएकी छन् । कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा भर्ना भएकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्केकी हुन् । 

यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलन पछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिए पछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरी उपचार गरिएको थियो ।

अस्पतालमा १४ र १५ गते पुनः भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भए पछि उनलाई बिहीबार साँझ डिस्चार्ज गरिएको हो । वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १ सय ६८ जनाको पिसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ।  
रासस 

प्रतिक्रिया

सम्बन्धित खवर

Top