ट्रेण्डिङ

होमपेज / समाज

मेचीको सिमानामा युवा विधार्थीले फहराए राष्ट्रिय झण्डा

नेपालगाथा २०७७ जेठ १६ गते शुक्रबार १०:४१:५० मा प्रकाशित

बासु न्याैपाने, बाहुन्डागी, झापा । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको १०० रुपैयाँ अभियान अन्तर्गत विहीवार युवा विद्यार्थीहरुले नेपालको पुर्बी सिमाना मेचीनगर साविक बाहुनडागी १, २, ३ र ४ का सीमाबर्ती इलाकामा राष्ट्रिय झन्डा गाड्ने र सिमा सुरक्षामा खटिएका सुरक्षा कर्मीहरुलाई १० थान टर्च लाइट बितरण गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा सिमामा खटिएका सुरक्षाकर्मीको मनोबल बडाउदै, देश भरी पुर्बी सिमानाबाट रास्ट्रियता र स्वाभिमानको सकारात्मक सन्देश फैलाउन उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम सह-संयोजक डेनु मगरले जानकारी दिनुभयो।

युवा संघ नेपाल क्षेत्रीय सदस्य लुसन तिवारीले सँयोजन गरेको कार्यक्रममा राष्ट्रिय युवा संघ झापा जिल्ला सदस्य तथा क्षेत्र न १ इन्चार्ज राजु धिमालको प्रमुख आतिथ्यमा रहेको थियो भने कार्यक्रममा नेकपा मेचीनगर कमिटी सचिवालय सदस्य अर्जुन कार्की,सविक युवा संघ मेचिनगर कमिटी अध्यक्ष सरोज मेहरा, साबिक अनेरास्ववियु मेचिनगर कमिटी अध्यक्ष सन्तोष धमला, मेचीनगर ४ पुर्व युवा संघ अध्यक्ष बेग सुन्वार,मेचिनगर १ पुर्व युवा संघ अध्यक्ष मुकुन्द थापा अनेरास्ववियू त्रिदेब क्याम्पस कमिटी सचीव आशिष पौडेल पुर्व युवा संघ मेचिनगर ४ सदस्य एटम कार्की,पवन बराइलि लगायतका युवा विद्यार्थीको उपस्थिति रहेको थियो ।

लकडाउन पछि युवा विधाथी ले १०० रुपैयाँ अभियान अन्तर्गत विभिन्न कार्यक्रम सन्चालन गरिरहेका छ्न्। यस अघि पनि भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएकोमा झापामा विरोध प्रदर्शन गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top