होमपेज / समाज
काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावले देशका पश्चिमी भेगमा दिनभर बर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद गंगा नगरकोटीले काठमाडौं उपत्यकामा दुई–तीन बजेतिर पुनः बादल विकसित भएर वर्षा हुन सक्ने भनिन, ‘पश्चिम भूभागमा चाहिँ आज दिनभरी आकास खुल्ने सम्भावना छैन ।’
त्यसैले बाढी सूचना केन्द्रले पनि पश्चिमका जिल्लाहरुका नदीमा बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सूचित गरेको छ । केन्द्रका अनुसार वर्षाका कारण हाल कास्की, गोरखा, तनहुँ, लमजुङ, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ ।
थप वर्षा पनि हुन सक्ने र ससाना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ । पूर्वी भूभागमा निम्न चापिय रेखा छ । त्यसैले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा बदली र वर्षा भएको हो ।