ट्रेण्डिङ

होमपेज / समाज

क्वारेन्टिनका लागि मप विश्वविद्यालय

नेपालगाथा २०७७ जेठ १५ गते बिहीबार २३:५०:११ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर सुर्खेतमा काेराेनाे संक्रमितकाे संख्या बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले क्वारेन्टीन बनाउने स्थानकाे खाेजी गर्न थालेकाे छ । भारतबाट कर्णाली प्रदेशमा अाएकाहरुमा काेराेना संक्रमित देखिन थालेपछि थप सतर्कताका लागि क्वारेन्टिन निर्माण गर्न थालिएकाे वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख माेहनमाया ढकालले बताउनुभयाे । 

यसका लागि नगरपालिकाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनहरुलाई क्वारेन्टाइन बनाउनका लागि भवन उपलव्ध गराइदिन उपकुलति प्रा.डा. नन्दबहादुर सिंहसँग अनुरोध गरेको छ। यस अघि नै काेराेनाकाे उच्च जाेखिमलार्इ मध्यनजर गरेर विश्वविद्यालयले भवन उपलब्ध गराउने र स्वयमसेवक परिचालन गर्ने जनाइसकेकाे थियाे । 

 मध्यपक्षिमाञ्चल विश्वविद्यालयका मानविकी, व्यवस्थापन, विज्ञान र इन्जिनियरिंग संकायका भवनको सम्भाव्यता अनुगमन गरी नगरपालिकाले क्वारेन्टिइन स्थापना गर्न ती भवन उपलव्ध गराइ दिन अनुरोध गरिएको ढकालको भनाई छ ।

‘भारतबाट आउने नगरवासीहरुलाई अनिवार्य क्वारेन्टाइन राख्न भवनको खोजी गरेका थियौं’ ढकालले भनिन्, ‘तत्काल लागि दुई क्याम्पसका भवनहरु उपयुक्त देखिएकाले लिखित रुपमा प्रयोग गर्नका दिन अनुरोध गरिसकेका छौं ।’

साथै, नगरपालिकाले यसअघि नै बालमन्दिर आधारभूत विद्यालय, जन माध्यमिक विद्यालय, त्रिपुरेश्रवर माध्यमिक विद्यालय र चन्द्रगंगा माध्यमिकमा समेत क्वारेन्टिइन स्थापना गरी सञ्चालन गरिसकेको छ ।

यी क्वारेन्टाइनमा भारतबाट आएका दुइसय ४८ जना बसिरहेको ढकालको भनाई छ । भारत लगायत विभिन्न मुलुकबाट नगरपालिकामा भित्रिएका एकसय १८६ जनाको पिसीआर टेस्ट र २१२ जनाको आरडिटी टेस्ट गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top