ट्रेण्डिङ

होमपेज / समाज

नेपाललाई साक्षर घोषणा गरिने

नेपालगाथा २०७७ जेठ १५ गते बिहीबार १८:२४:२५ मा प्रकाशित

काठमाडौँ । नेपाल सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भएको छ । आर्थिक वर्ष २०७७÷०७८को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्चालन गरेर साक्षर नेपाल घोषणा गरिने बताए ।

यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सरकारले ६ अर्ब विनियोजन गरेको छ । भर्च्युअल कक्षा सञ्चालन,अनलाइन शिक्षा र रेडियो टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्ने सरकारको तयारी छ ।

यस्तै आगामी आर्थिक वर्षमा सरकारले १ हजार ८ सय विद्यालय भवनको पुर्निर्माण गर्ने, १/१ हजारको संख्याको विज्ञान प्रयोगशाला, पुस्ताकलय र कम्प्युटर ल्याब स्थापना गरिने, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजामा ७ अर्ब ५२ करोड विनियोजन गरेको, २८ लाख बालबालिका लाभान्वित हुने मन्त्री खतिवडाले बताए ।

छात्रवृत्तिका लागि २ अर्ब ७० करोड विनियोजन गरिएको, १३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहलाई सशर्त अनुदान दिन १ अर्ब ८२ करोड विनियोजन गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top