ट्रेण्डिङ

होमपेज / समाज

गणतन्त्र दिवसका अवसरमा रक्तदान

वीरेन्द्रनगर जेसीज वर्ष २०२०

नेपालगाथा २०७७ जेठ १५ गते बिहीबार १६:४३:१६ मा प्रकाशित

सुर्खेत। वीरेन्द्रनगर जेसीज वर्ष २०२० ले गणतन्त्र दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रेडक्रस शाखा सुर्खेतको प्राबिधिक सहयोग रक्तदान कार्यक्रममा २२ जना यूवाहरुले रक्तदान गरेको वीरेन्द्रनगर जेसीका अध्यक्ष शिवराज घिमिरेले जानकारी दिए ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर जेसिज वर्ष २००८ का अध्यक्ष हरिहर बस्नेतले रक्तदान नै जीवन दान भएको भन्दै यो महामारीका बेला गरिएको रक्तदानले बढ्दो रगत अभावलाई पुर्ति गर्ने बताए । कोरोना महामारीका कारण रगत अभाव हुने भएपछि रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रम्मा बीरेन्द्रनगर जेसिजका पुर्बअध्यक्षहरु पुर्णबहादुर नेपाली, सरस्वती बस्नेत, भद्र भण्डारी, बिमल पोख्रेल, उपेन्द्र सुवेदी, वितिहोत्र बशिष्ट र निबर्तमान अध्यक्ष श्यामकुमार थापाको सहभागिता रहेको थियो । त्यस्तै नेपाल जेसिजका पुर्ब उपाध्यक्ष जेसि अनिलबहादुर शाही, सुर्खेत महिला जेसिज बर्ष २०२० का अध्यक्ष जेसि प्रमी शाक्य, बिरेन्द्रनगर जेसिज बर्ष २०२० का अध्यक्षीय सल्लाहकार जेसी युवक कुमार ओलि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top