होमपेज / समाज
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार नागेको छ । बिहीबार १ हजार ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् ।
नेपालमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबै भन्दा बढी संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २÷२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एकरएक जना रहेका छन् ।