होमपेज / समाज
दैलेख । दैलेखका थप ८ जनामा कोरोना भाइरस देखिएको छ । बिहीबार जिल्लाका विभिन्न स्थानीय तहमा गरेर ८ जनामा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीमा बिहिबार थप ८ संक्रमित फेला परेका हुन् ।
प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेशण प्रयोशाला सुर्खेतका गरिएको परीक्षण अनुसार संक्रमित मध्ये दैलेख नारायण नगरपालिका–१ का २६ बर्षिया पुरुष, ३ का १९, ३०, ३६ र ४० बर्षिया पुरुष, ४ का १ वर्षिया बालक, २० वर्षिया महिला र ५ का १७ वर्षिया पुरुष रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद तिवारीले जानकारी दिए ।
यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । यस अघि दैलेख र सुर्खेतका विभिन्न क्षेत्रका गरी ३८ जनामा कोरोना संक्रमण देखिएको थियो ।
