ट्रेण्डिङ

होमपेज / समाज

चीनबाट तेस्रो लटको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो

नेपालगाथा २०७७ जेठ १५ गते बिहीबार १२:१०:५३ मा प्रकाशित

काठमाडौँ । चीनबाट तेस्रो लटको स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको हो । चीनको गोन्जाउबाट स्वास्थ्य सामग्री लोड गरेर निगमको जहाजले काठमाडौं ल्याइर्पुयाएको हो ।

सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान ८ बजेर ५५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । प्रवक्ता क्षेत्रीका अनुसार निगमको जहाजमा १४ हजार ८ सय २० केजी (करिब १६ टन) बराबरका विभिन्न स्वास्थ्य सामग्री ल्याइएको छ । सेनाले समग्रमा तेस्रो लट र जहाजबाट दोस्रो लटमा सामग्री ल्याउन ल्याएको हो ।

सेनाले पहिलो लटमा स्थलमार्ग तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो ।
बाँकी स्वास्थ्य सामग्री भने स्थलमार्गबाटै आउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सेनाले करिब दुई अर्ब २६ करोडमा चीनबाट ६७ थरी स्वास्थ्य सामग्री खरिद गरेको थियो  । त्यसको तौल करिब २ सय ४३ टन रहेको छ । बाँकी सामग्री  क्रमशः आइरहने पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top