ट्रेण्डिङ

होमपेज / समाज

केन्द्र सरकार संग सेना परिचालनको लागि अनुमति माग्दै कर्णाली सरकार 

नेपालगाथा २०७७ जेठ १४ गते बुधबार १८:३८:४४ मा प्रकाशित

सुर्खेत । कोरोनाबाट एकदमै प्रभावित मुलुक भारतबाट दैनिक जसो मानिसहरु भित्रिने अवस्थालाई मध्ये नजर गर्दै कर्णाली प्रदेश सरकारले केन्द्र सरकारका संग सेना परिचालनको लागि माग गरेको छ । प्रदेशको मन्त्रिपरिषदको बैठकले सेना परिचालनका लागि स्वीकृति मागेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

प्रदेश सरकारले कोरोना भाइरस (कोभिड(१९) सम्भावित जोखिमलाई ध्यानमा राखेर रोकथामका लागि सेना परिचालन गर्न स्वीकृति मागेको उनको भनाई छ । 
ठूलो मात्रामा रोगगारीको लागि भारत गएका कर्णालीबासी रोजगारी गुमेका कारण दैनिक जसो ४ हजार कर्णालीबासी भारतबाट फर्किने गरेको अनुमान छ । अझै कर्णालीका करिव ८० हजार बढि नागरिक भारतमा रहेको कम्मतिमा पनि ३० हजार फर्किने प्रदेश सरकारको अनुमान छ ।

ठूलो सङ्ख्यामा नागरिक भित्रिएकोले महामारी फैलिने त्रास बढेको छ । हालसम्म कर्णालीमा भारतबाट आएका ३८ जनामा कोरोना पुष्टि भइसकेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top