होमपेज / समाज
सुर्खेत । लकडाउनका कारण लामो समय सम्म हिँडेर भारतबाट नेपाल आएका एक युवाको कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको छ । पाँच दिन अघि भारतको गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा बिरामी भए पछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याईएको थियो ।
कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले भारतबाट आएका युवाको बसमै बिरामी भएर उपचारका लागि प्रदेश अस्पताल ल्याएको बताए । अस्पतालमा उपचार हुनु भन्दा अगाडि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक युवा सुर्खेतको चिंगाड गाउँपालिका–५ अवलचिङका हुन् । अस्पतालले कोरोना आशंकामा उनको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको छ । स्वाब रिर्पाेट आज दिउँसोसम्म आउने असपतालले जनाएको छ ।