होमपेज / समाज
वीरगन्ज । बुधबार थप २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेका ३० कोरोना संक्रमित मध्ये २१ जना संक्रमित डिस्चार्ज भएका छन् ।
निको हुने संक्रमितमा १६ पुरुष ५ महिला रहेका छन् । पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार संक्रमित सबै पर्साका हुन् । डिस्चार्ज हुने पुरुषमा ३५ वर्षीय, अढाइ वर्षीय, १० वर्षीय, १३ वर्षीय, ३२ वर्षीय, १६ वर्षीय, ३५ वर्षीय, ३५ वर्षीय, २७ वर्षीय, ५५ वर्षीय, ७४ वर्षीय, ५५ वर्षीय, २३ वर्षीय, २५ वर्षीय, २४ वर्षीय, ६२ वर्षीय पुरुष रहेको छन् भने महिलामा २६ वर्षीया, २८ वर्षीया, ६० वर्षीया, २२ वर्षीया र ४५ वर्षीया महिला डिस्चार्ज भएका हुन् ।