होमपेज / समाज
काठमाडौं । मंगलबार थप २२ जनामा कोरोना संक्रमण देखिए संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय २८ पुगेको छ । थपिएका सबै रौतहटका रहेका छन् । २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
संक्रमित सबै जना सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए । उनीहरू सबै भारतबाट आएका हुन् । संक्रमितहरूलाई कुन अस्पताल लैजानेबारे छलफल चलिरहेको घिमिरले बताए । यस अघि मंगलबार बिहान मात्रै सुर्खेतका १२ जना र बारामा पनि ५ जनामा संक्रमण पुष्टि भएको थियो ।