होमपेज / समाज
सुर्खेत । सुर्खेतका थप १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भारतबाट आएका मध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ दखिएको हो । यो संगै कर्णाली प्रदेशका कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले बबई सुब्बाकुना र घण्टाघरस्थित क्वारेन्टाइनबाट लिइएका केही नमुनामध्येमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनीहरूको स्थायी ठेगाना खुलाइएको छैन ।