ट्रेण्डिङ

होमपेज / समाज

वीरगञ्जका ४३ कोरोना संक्रमित उपचार पछि डिस्चार्ज 

नेपालगाथा २०७७ जेठ १२ गते सोमबार १९:३०:०७ मा प्रकाशित

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् । दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए । उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए ।

४३ जनाको डिस्चार्ज गरिए सँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए । गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् । यस अघि आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top