होमपेज / समाज
सुर्खेत । बढ्दो रगतको अभावलाई मध्येनगर गर्दै वीरेन्द्रनगरको नयाँ मार्ग टोलमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान जिबनदान भन्दै सोमबार एक कार्यक्रमका बिच रक्तदान गरिएको हो ।
नंया मार्ग टोल बिकास समितिको आयोजनामा गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य, पुर्व पर्यटन तथा नागरिक उड्डयनमन्त्री, कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीको समेत सहभागिता रहेको थियो । पछिल्लो समयमा रगत अभाव भएको अवस्थालाई मध्येनगर गर्दै टोलले गरेको कार्यको प्रसंसा गर्दै शाहीले थप यस्ता कार्य अघि बढाउँदै जाने विश्वास व्यक्त गरे ।
नंया मार्ग टोल बिकास समितिका अध्यक्ष इन्द्रबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा २६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विवेक खड्काले जानकारी दिए । लकडाउनको कारणले गर्दा सुर्खेतमा भएको रगत अभावलाई मध्यनजर गर्दै नेपाल रेडक्रश सुर्खेत संगको समन्वयमा कार्यक्रम गरिएको उनको भनाई थियो ।