ट्रेण्डिङ

होमपेज / समाज

वीरगञ्जका १८ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज 

नेपालगाथा २०७७ जेठ १२ गते सोमबार ०८:१६:५३ मा प्रकाशित

काठमाडौं । वीरगञ्जका १८ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भइ नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकामध्ये  थप १८ जनाले  कोरोना भाइरसलाई पराजित गरेर डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा २ महिने शिशु र १० बालबालिका पनि रहेको  अस्पतालका मेसु डा मदन उपाध्यायले जनाकारी दिए । 

उनका अनुसार, वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई आइतबार राति डिस्चार्ज गरि घर पठाइएको हो । आइतबार राति डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन् ।

उक्त परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यही दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उनको कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमण देखिएपछि १७ जनालाई पनि बैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। यसअघि शनिबार पनि नारायणी अस्पतालबाटै ७ जनालाई डिस्चार्ज गरिएको थियो । यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top