होमपेज / समाज
काठमाडौं । विदेशमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिइएको छ । संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन निर्देशन दिएको हो ।
समितिको आइतबार बसेको बैठकले कोरोना भाइरसको महामारीका कारण गाँस, बास र स्वास्थ्य सुरक्षा लगायतका समस्याबाट संकट व्यहोरिरहेका विभिन्न देशमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वास्थ्य सुरक्षा सुनिश्चित हुनेगरी अविलम्व नेपाल ल्याउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
बैठकमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले स्वदेश फर्किन चाहनेलाई प्राथमिकताका आधारमा फर्काउने तयारी सरकारले गरिरहेको जानकारी दिए । त्यस्तै मन्त्री ज्ञवालीले सरकारले जारी गरेको नक्सा अनुसारको जमिन फिर्ता ल्याउनका लागि कुटनीतिक पहल भइरहेको समेत जानकारी दिएका थिए ।