ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका ५ जनामा कोरोना पोजेटिभ, पुनः परिक्षणका लागि नेपालगंज पठाइयो

नेपालगाथा २०७७ जेठ ११ गते आइतबार १२:३७:४५ मा प्रकाशित

सुर्खेत । कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । आइतबार भारतबाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । उनीहरुमा कोरोना पोजेटिभ देखिए पछि थप पुष्टि गर्न स्वाब नेपालगंज पठाइएको छ ।

शनिवार बंबई नाका हुँदै कर्णाली भित्रिएका मध्ये आरडिटि गर्दा  ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएकालाई वीरेन्द्रनगर स्थित क्वारेन्टाइन राखेर पिसिआर जाँच गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमस लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

उनका अनुसार सुर्खेतको प्रयोगशालामा पोजेटिभ देखिएका ५ जनाको स्वाब संकलन गरि पुनः परिक्षणका लागि नेपालगंज पठाइएको छ । यस अघि कर्णालीका दैलेखमा एक जना र सुर्सेतमा ३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top