ट्रेण्डिङ

होमपेज / समाज

बुटवलमा उपचाररत १० जना डिस्चार्ज 

नेपालगाथा २०७७ जेठ ११ गते आइतबार ०८:०६:५५ मा प्रकाशित

बुटवल । बुटवलमा उपचाररत १० जना उपचार पछि घर फर्कीएका छन् । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कोरोना संक्रमणको उपचार गराइरहेका १० जना संक्रमित निको भएर एक साथ ‘डिस्चार्ज’ भएका हुन । निको हुने सबै कपिलवस्तुका रहेका र उनीहरु शनिबारै घर फर्किएका अस्पतालले जनाएको छ ।
दुई साता अघि अस्पताल भर्ना गरिएका संक्रमितहरुको उपचार पश्चात लगातार दुई पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुुदर्शन थापाका अनुसार धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए । 

बाँकेका खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार मात्रै २१ जना संक्रमित निको भएर घर फर्किएको भोलिपल्ट बुटवलबाट ठूलो संख्यामा निको भएर घर फर्केका हुन् ।  यस अघि सोही अस्पतालबाट रुपन्देहीका पहिलो संक्रमित कोटहीमाईका २५ वर्षीय युवक पनि डिस्चार्ज भएका थिए ।

यो सँगै प्रदेश ५ मा कोरोनालाई जित्ने व्यक्तिहरुको संख्या ३२ पुगेको छ भने देशभर ८९ जना उपचार पछि घर फर्कीएका छन् ।  प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २ सय ७१ छ । जसमध्ये निको ३२ जना र २ जनाले ज्यान गुमाएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top