ट्रेण्डिङ

होमपेज / समाज

थप ९ जना कोरोना संक्रमित डिस्चार्ज

नेपालगाथा २०७७ जेठ १० गते शनिबार १८:०६:११ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमित मध्ये ९ जना संक्रमित डिस्चार्ज भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. उदयनारायण सिंहले जानकारी दिए । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३÷३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् । शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचारत संक्रमितको संख्या ६२ रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top