ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका दुई जनामा कोरोना पोजेटिभ पुनः परिक्षणका लागि नमुना नेपालगञ्ज पठाइयो 

नेपालगाथा २०७७ जेठ १० गते शनिबार १३:१४:३८ मा प्रकाशित

सुर्खेत । कर्णालीका दुई जनामा कोरोना पोजेटिभ देखिए पछि पुन परिक्षणको लागि नमुना भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ । केहि दिन अघि भारतबाट उनीहरुको कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।  कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रादेशिक प्रयोगशालामा पीसीआर परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यस अघि बबई नाका भएर कर्णाली भित्रने करिब ८ सय भन्दा बढी नागरिकको ¥यापिट टेष्ट गरिएको थियो । ¥यापिट टेष्टबाट १५ जनाको पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको पिसिआर गरिएको थियो । पिसिआर गरिएका मध्ये २ जनाको रिपोर्टमा पोजेटिभ देखिएको जानकारी दिइएको छ । पीसीआर रिपोर्ट पोजेटिभ आएकामध्ये एक पुरुष र एक महिला हुन् । रिपोर्ट पोजेटिभ आएका उनीहरुलाई प्रदेश अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top