ट्रेण्डिङ

होमपेज / समाज

जुम्लामा परिक्षण गरिएका दुई हजार ७ सय ५५ जनाको स्वाब रिपोर्ट नेगेटिभ

नेपालगाथा २०७७ जेठ १० गते शनिबार ११:५१:०८ मा प्रकाशित

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कर्णाली अञ्चल भित्र पर्ने पाँच जिल्लामध्ये मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न मितिमा सङ्कलन गरेर परीक्षण गरिएका दुई हजार ७ सय ५५ व्यक्तिको स्वाब पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिष्ठान जुम्लाका निर्देशक डा. मङ्गल रावतले प्रतिष्ठानमा शुक्रबारसम्म सङ्कलित ती स्वाबको पिसीआर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।  भारत गएका तथा देशका विभिन्न स्थानमा रहेका स्थानीयवासी भित्रिने क्रम बढदै जान थालेपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको डा रावतले बताए ।

प्रतिष्ठानमै ४ सय २४, कालिकोटबाट ६ सय ९५, मुगुबाट ३ सय ५१, जुम्लाबाट ७ सय ८९, नेपाली सेना ७०, हुम्लाबाट ४ सय ८, पत्रकार १८ जनाको स्वाबको पिसीआर परीक्षण गरिएको हो ।  आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको पनि प्रतिष्ठानले जनाएको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top