ट्रेण्डिङ

होमपेज / समाज

थप ३२ जनामा कोरोना, संक्रमित संख्या ५ सय ४८ पुग्यो

नेपालगाथा २०७७ जेठ १० गते शनिबार १०:१७:४० मा प्रकाशित

काठमाडौँ । थप ३२ जनामा कोरोना संक्रमण देखिए संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शनिवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौँलगायतका जिल्लामा कोरोना सङ्क्रमित भेटिएका हुन् ।

शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड (१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ सय ४८ पुगेको हो ।
शनिवार सङ्क्रमण पुष्टि भएकाहरूमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौँका रहेका स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जनाएका छन् ।

शनिवार कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, र ४२ वर्षका पुरुष तथा २७ वर्षीया महिला गरी ८ जनामा सङ्क्रमण पुष्टि भएको हो । भने सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका १३ जना पुरुषमा पनि सङ्क्रमण देखिएको हो । 

त्यसै गरी रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० देखि ५५ वर्ष उमेर समूहका ८ जना पुरुषमा पनि शनिवार सङ्क्रमण पुष्टि भएको छ । 
त्यसै गरी बाराको करैयामाई नगरपालिकाका ३७ वर्षीय पुरुष, काठमाडौँका ३५ वर्षीय पुरुष र चितवनको भरतपुर महानगरपालिका (६ का ५२ वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top