होमपेज / समाज
सुर्खेत । कर्णालीको पहिलो कोरोना संक्रमित दैलेखका एक जनालाई सुर्खेत ल्याइएको छ । उनलाई कर्णाली प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको हो ।
प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले उनलाई विशेष अस्पतालको आइसोलेसनमा राखिएको बताए । दैलेखको आठबीस नगरपालिका १ का ३५ वर्षीय ती व्यक्तिमा सोमबार संक्रमण पुष्टि भएको थियो ।