ट्रेण्डिङ

होमपेज / समाज

थप ९ जनामा कोरोना, संक्रमितको संख्या ५ सय १६ पुग्यो

नेपालगाथा २०७७ जेठ ९ गते शुक्रबार २२:०४:२७ मा प्रकाशित

काठमाडौँ । थप ९ जनामा कोरोना संक्रमण देखिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार थप ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बारामा ६ जना र भक्तपुर,मकवानपुर र सप्तरीमा एकरएक जना संक्रमित थपिएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् । बाराका संक्रमितहरुको उमेर २२ देखि ४५ वर्षसम्मको छ । उनीहरु सबै सिमरौनगढ नगरपालिकाका बासिन्दा हुन् ।शुक्रबार मात्रै ५९ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै २१ जना निको भएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top