ट्रेण्डिङ

होमपेज / समाज

थप ९ जनामा कोरोना, संक्रमितको संख्या ४ सय ५३ पुग्यो

नेपालगाथा २०७७ जेठ ८ गते बिहीबार १७:५३:२७ मा प्रकाशित

काठमाडौं । बिहीबार थप ९ जनामा कोरोना भाइरस संक्रमित भए संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् । यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top