ट्रेण्डिङ

होमपेज / समाज

थप १७ जनामा कोरोना, संक्रमितको संख्या ४ सय ४४ पुग्यो 

नेपालगाथा २०७७ जेठ ८ गते बिहीबार ०७:५४:३५ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमित हुनेहरूको सख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार बिहान प्रेस विज्ञप्तिका जारी गर्दै थप १७ जनामा कोरोना संक्रमित भएको जानकारी दिएको हो । जसमा धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण पुष्टि भएको हो ।

झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइएको छ । नयाँ सङ्क्रमण पुष्टि भएकामा १५ जना झापाको कचनकवल गाउँपालिकाका पुरुषहरू रहेका छन् भने धनकुटाका एकजना पुरुषमा र धरानकी एकजना महिलामा सङ्क्रमण पुष्टी भएको बताइएको छ ।
नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । 

Press Relese 

प्रतिक्रिया

सम्बन्धित खवर

Top