ट्रेण्डिङ

होमपेज / समाज

भारतीयलाई मनिषाको जवाफ – ‘श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैनु’

नेपालगाथा २०७७ जेठ ८ गते बिहीबार ०७:४५:४३ मा प्रकाशित

काठमाडौं । नेपालले नयाँ नक्सा जारी गरेपछि त्यसको समर्थन गरेकी अभिनेत्री मनिषा कोइरालाविरुद्ध नकारात्मक टिप्पणी गर्ने भारतीयहरुलाई ‘श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैनु ।’ भन्ने जभाव फर्काएकी छन् । 

कोइरालाकै नामबाट सञ्चालित एक ट्वीटर ह्याण्डिलमा प्रयोगकर्ताले लेखेका छन, श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैनु ।  नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्ले पारित गरेकोबारे परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले गरेको ट्विटलाई समर्थन जनाउँदै कोइरालाले हाम्रो सानो देशको गरिमा कायम राख्नुभएकोमा धन्यवाद यी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता हुने आशा गरेका छौं, लेखेकी थिइन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर तयार पारिएको नयाँ नक्सा जारी गरेपछि अभिनेत्री कोइरालाले सरकारी कदमको प्रशंसा गरेकी थिइन् । 

लगत्तै भारतीय मिडियाहरु र त्यहाँका केही मानिसहरुले कोइरालामाथि निकै तल्लोस्तरको टिप्पणी गरेका थिए । एबिपी न्युजले मनिषालाई ुचीनको निर्देशनमा एक्टिङ गरेकोु आरोप लगाएको थियो । च्यानलले आफ्नो स्क्रोलमा लेखेको थियो, भारतको खाएर चीनको गीत गाउँछ्यौरु  कतिपय भारतीयहरूले मनिषाको ट्विटमा कमेन्ट गर्दै उनलाई भारत छाड्न भनेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top