होमपेज / समाज
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको जनाएको हो । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेको संख्या ४ सय २७ पुगेको जानकारी दिए । उनीहरु ३ देखि ४८ उमेरका छन् । जसमा १८ पुरुष र ७ महिला छन् । संक्रमित हुनेमा धनकुटाका ५ जना २८, २९, ३५ र ३७ र एक जना २४ वर्षीय महिला रहेको बताएका छन् ।
त्यसैगरी बाँकेमा ६ पुरुष (नरैनापुरका १७, २०, २८ र ३० वर्ष) का र खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएका मध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।