ट्रेण्डिङ

होमपेज / समाज

दुई प्रहरीमा कोरोना 

नेपालगाथा २०७७ जेठ ७ गते बुधबार १२:१२:०२ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । 

यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो । ज्ञवालीले दुई प्रहरीमा कोरोना प्रमाणित भएको कुराले जोखिम बढेको बताए । संक्रमित बस्ने व्यारेकमा दुई सय १४ जना प्रहरी बस्दै आएका छन् ।

दुई प्रहरीमा के कसरी संक्रमण हुन पुग्यो भन्ने बारेमा थाहा हुन नसकेको उनको भनाइ छ । उनले कोरोनाको संक्रमण देखिएकाले अब के गर्ने भन्ने बारेमा छलफल हुँदै गरेको जानकारी दिएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top