होमपेज / समाज
सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिकाको क्वारेनटाइनमा रहेका १० जनाको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना भाइरस संक्रमणको रेड जोन घोषणा गरिएका विभिन्न जिल्लाबाट आएका दश जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई होम क्वारनेटाइनमा पठाइएको गाउँपालिकाका सूचना अधिकृत भीम भण्डारीले जानकारी दिए । उनीहरुको स्वाब परीक्षण प्रादेशिक अस्पताल सुर्खेत कालागाउँ गरिएको हो । सल्यानमा मंगलबार सम्म ५६ जनाको स्वाबको नमुना संकलन पिसिआर विधिबाट परीक्षण गरिऐका छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।