ट्रेण्डिङ

होमपेज / समाज

कोरोना परिक्षणको दायरा तिव्रताका साथ बढाइएको छ – मन्त्री रावल

नेपालगाथा २०७७ जेठ ६ गते मंगलबार १७:५६:४३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कोरोना परिक्षणको दायरा तिव्रताका साथ बढाइएको बताएका छन् । हरेक स्थानीय तहको वडास्तरसम्म परीक्षणको दायरालाई बढाउने प्रदेश सरकारको निर्णय बमोजिम परीक्षण कार्य तिव्रताका साथ अगाडि बढाइएको उनको भनाई छ । 
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दैै मन्त्री रावलले यस अघि देखि नै दुवै विधि (पिसिआर र आरडिटि) बाट सन्तोषजनक रुपमा कोरोना परीक्षणको कार्य भइरहेको र विदेशका जोखिमयुक्त क्षेत्रबाट प्रदेश भित्रिने नागरिकको संख्या वृद्धि भएसँगै जोखिम बढेको बताए । 

यस अघि सोमबार दैलेखमा कोरोना भाइरस कोमिड १९ देखिए संगै कर्णालीमा पनि कोरोना भाइरसको प्रवेश भएको हो । कर्णाली प्रदेशमा संक्रमण हुननदिने उद्धेश्यका साथ रोकथाम, नियन्त्रणमा उच्च सतर्कता सहित काम गरिरहेको अवस्थामा देखिएको यो घटनाप्रति दुःख प्रकट समेत गरेका छन् । छिमेकी मुलुक भारतबाट आई क्वारेन्टाईनमा राखिएको अवस्थामा उनीमा कोरोना देखिएको भन्दै उनले समुदायमा प्रवेश गरिनसकेको अवस्था रहेका कारण यस घटनाबाट भयभीत एवं त्रसित नहुन तर थप संक्रमण हुननदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्वन गर्न अनुरोध गरेका छन् । 

‘स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकहरुको प्रदेश सीमा नाकामै अनिवार्य रुपमा दर्ता, यात्रा ईतिहाँसकोअभिलेखीकरण र आरडिटि जाँच गरी सम्बन्धित स्थानीयतहमा पठाउने, स्थानीय तहले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाईन अवधि पुरा भएपछि अनिवार्य पिसिआर विधिद्धारा स्वाव परीक्षण गर्ने र परीक्षणरिपोर्ट प्राप्त भएपश्चात संक्रमण नदेखिएका नागरिकलाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टाइनमा रहने गरी घर पठाउने व्यवस्था मिलाइएको छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ । 

कर्णाली प्रदेशमा कोरोना (कोभिड–१९) परिक्षणका लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर मेशिन सहितको प्रयोगशाला स्थापना गरि दक्ष जनशक्तिद्वारा विश्वसनीय रुपमा परीक्षण कार्य भइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

साथै पुनःपुष्टिका लागि रिफिरेन्स ल्याप मा पठाउनुपर्ने प्रयोगशालाको प्राविधिक प्रावधान बमोजिम यस प्रदेशमा गरिएको पिसिआर परीक्षणको १० प्रतिशत नेगेटिभ सहित सबै पोजिटिभ स्याम्पलहरु पुनःपुष्टि गर्न नेपालगञ्ज अथवा राष्ट्रिय जनस्वास्थ्यप्रयोगशालामा पठाइने नियमित प्रक्रिया भएको विज्ञप्तीमा उल्लेख छ । साथै प्रदेशमा स्थापना गरिएका प्रयोगशालाको गुणस्तर तथा विश्वसनीयताका सम्बन्धमा कुनै पनि भ्रममा नरहन अनुरोध समेत गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top