होमपेज / समाज
सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतका बरिष्ठ उपाध्यक्ष तथा सुर्खेत सञ्चार केन्द्रका सञ्चालक हर्षविक्रम खड्काले वीरेन्द्रनगरमा कार्यरत पत्रकारको लागि स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेका छन् ।
कोरोनाको विषम् परिस्थितिमा फिल्डमा खटिने पत्रकारको लागि केएन–९५ माक्स, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेका हुन ।
मंगलबार नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव सुदिप पुरी मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । कोरोनाको जोखिम कर्णाली प्रदेशमा समेत देखिएकोले यस्तो महामारीका बेला फिल्डमा पुगेर निरन्तर नागरिकलाई सूचना दिने प्रयास गर्ने पत्रकारलाई स्वास्थ्य सम्बन्धी सुरक्षा सामग्री सहयोग गरिएको वरिष्ठ उपाध्यक्ष खड्काले बताए ।