ट्रेण्डिङ

होमपेज / समाज

थप २७ जनामा कोरोना, कुल संक्रमितको संख्या ४ सय २ पुग्यो

नेपालगाथा २०७७ जेठ ६ गते मंगलबार १७:०६:११ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप २७ जनामा कारोना भाइरस देखिए संगै कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ मा पुष्टि भएको जनाएको हो । 
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका ९, सुनसरीका १, मोरङको १, सर्लाही २, काठमाडौं ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासीका १ गरी २७ जनामा संक्रमण देखिएको बताए ।
उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ । मंगलबार फेला परेका संक्रमितमध्ये २४ पुरुष र ३ महिला रहेका छन् । कुल संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३७ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top