ट्रेण्डिङ

होमपेज / समाज

थप ११ जनामा कोरोना 

नेपालगाथा २०७७ जेठ ६ गते मंगलबार ११:५०:३४ मा प्रकाशित

काठमाडौं । मंगलबार थप ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमितहरूमध्ये झापाको कचन कवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना रहेका छन् ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ९० पुगेको छ । सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ । झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन् । सोमबार पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो । यस अघि आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top