ट्रेण्डिङ

होमपेज / समाज

सम्पूर्ण भूभागसहितको नक्सा प्रस्तुत गर्नु सह्रानीय – पूर्वराजा ज्ञानेन्द्र

नेपालगाथा २०७७ जेठ ६ गते मंगलबार ११:३२:५० मा प्रकाशित

काठमाडौँ । पूर्वराजा जानेन्द्र शाहाले मातृभूमिको सम्पूर्ण भूभाग सहितको नक्सा विश्व सामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको बताएका छन् ।  मङ्गलवार बिहान ट्विट गर्दै शाहाले, ‘आफ्नो मातृभूमिको सम्पूर्ण भूभाग सहितको नक्सा विश्व सामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो’ उनले भनेका छन । 

अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गर्दै उनले नक्सामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व भएको बताएका छन् । यसमा बाधा आए अन्तर्रा्ष्ट्रियस्तरमा जानुपर्ने पनि बताएका छन् ।
‘नक्सामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो’ उनले भनेका छन् ‘यसमा कसैद्वारा बाधा आए अन्तर्रा्ष्ट्रिय स्तरमा जानुपर्दछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top