ट्रेण्डिङ

होमपेज / समाज

दैलेखका पत्रकारको स्वाब सङ्कलन 

नेपालगाथा २०७७ जेठ ५ गते सोमबार १३:०६:०५ मा प्रकाशित

दैलेख । दैलेखका पत्रकारको स्वाब सङ्गलन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्लामा कार्यरत १८ जना पत्रकारहरूको ‘नोजल स्वाब’ सङ्कलन गरेको हो ।  स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले आइतबार १८ जना पत्रकारको स्वाब सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि सङ्कलित स्वाब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको कोरोना प्रयोगशालामा पठाइएको जानकारी दिए । दैलेखमा हालसम्म एक हजार ६८ जनामा कोरोना परीक्षण गरिएको छ ।

पत्रकार समाचार सङ्कलनका लागि फिल्डमा खटिने भएकाले उनीहरूको कोरोना परीक्षण गरि दिन स्वास्थ्य सेवा कार्यालय दैलेखलाई अनुरोध गरिएपछि पहिलो चरणमा क्रियाशील १८ जना पत्रकारको स्वाब सङ्कलन भएको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसीले जानकारी दिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top