होमपेज / समाज
काठमाडौँ । कोभिड (१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन दुई साता लम्ब्याउन सिफारिस गरको छ । आइतबार बसेको समितिको बैठकले १५ दिन थप गरेर जेठ २० गते सम्म लकडाउन गर्न सिफारिस गरेको हो ।
भोलि सोमबार देखि सकिने लकडाउनलाई सम्ब्याउन सिफारिस गरिएको हो । कार्यदलले मन्त्रिषरिषद्मा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई समितिले पारित गरेको समितिका सदस्य एक मन्त्रीले बताए ।
देशका विभिन्न स्थानमा कोरोना संक्रमण देखिइरहेको र संक्रमितको मृत्यु समेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्षमा समिति पुगेको उनले बताए । केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले लकडाउन बारे निर्णय गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउनको कुनै विकल्प नभएको निष्कर्ष निकालिएको बताए । ’ लकडाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको छ । यसैले यसको विकल्प छैन । लकडाउनलाई थप कडा बनाउन सिफारिस गरिएको छ,’ बिडारीले भने ।