ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाबाट दुई जनाको मृत्यु

नेपालगाथा २०७७ जेठ ४ गते आइतबार १७:१५:३७ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड १९)बाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
यस अघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो ।  

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए । ‘उहाँको रिपोर्ट पोजेटिभ आयो, यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ,’ मन्त्री बरालले भने ।
मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए । भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो । नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top