ट्रेण्डिङ

होमपेज / समाज

जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न झापामा हवाई फायर

नेपालगाथा २०७७ जेठ ४ गते आइतबार ०८:३३:०२ मा प्रकाशित

झापा। जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न झापामा हवाई फायर गरिएको छ । झापाको कचनकवल गाउँपालिका (१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । नेपाल –भारत सीमानाको पिल्लर नम्बर १२५÷१० मा नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो ।

जबर्जस्ती नेपाल छिर्न खोजेका भारतीयले आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । पछि भारतीय सीमा सुरक्षा बल पनि आएर भारतीयलाई रोकेका थिए ।

केही दिन अघि पनि झापा गाउँपालिकाको सीमा क्षेत्रबाट पनि भारतीयहरू नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top