ट्रेण्डिङ

होमपेज / समाज

थप १० जनामा कोरोना, संक्रमितको संख्या २ सय ९१ पुग्यो

नेपालगाथा २०७७ जेठ ४ गते आइतबार ०८:२१:३३ मा प्रकाशित

काठमाडौँ । थप १० जनामा कोरोना संक्रमण देखिए संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ९१ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भए सँगै त्योे संख्या २ सय ९१ पुगेको हो ।

आइतबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर कुमार अधिकारीले जनाएका छन् । यस सँगै रौतहटमा मात्रै संक्रमितको संख्या १३ पुगेको छ ।

रौतहटको राजपुर नगरपालिकाका ९, फरहदवा निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष तथा इशनाथ नगरपालिका निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको प्रवक्ता अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top