ट्रेण्डिङ

होमपेज / समाज

सेनामा कार्यरत दुई जनामा कोरोना

नेपालगाथा २०७७ जेठ ३ गते शनिबार १८:३१:४५ मा प्रकाशित

काठमाडौँ । नेपाली सेनाका दुई जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार दिउँसो स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि गरेका दुईजना नेपाली सेनामा कार्यरत भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । 

नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको प्रवक्ता पाण्डेले बताए । उनीहरु महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष हुन् । उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । उनीहरुको पद भने खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top