ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा डुङ्गा पल्टिदा तीन जना बेपत्ता

नेपालगाथा २०७७ जेठ ३ गते शनिबार १७:३४:४८ मा प्रकाशित

सुर्खेत । कर्णाली नदिमा डुङ्गा पल्टिदा तीन जना बेपत्ता भएका छन् । कर्णाली नदि अन्तर्गत सुर्खेतको चौकुने गाउँपालिका–२ नजिकै डुङ्गा पल्टिदा तीन जना बेपत्ता भएका हुन । शुक्रबार साँझ साढे ६ बजे कैलालीको मोहोन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा पल्टिएको हो ।

ढुङ्गा पल्टिदा सुर्खेत चौकुने गाउँपालिका–२ धमु डम्मर विकका १० वर्षिय छोरा हिरु विक, मोहन्याल गाउँपालिका– २ कोलतडीकी २५ वर्षिय मानकु विक र उनका ४ वर्षिय छोरा धन बहादुर विक रहेको अस्थाई प्रहरी पोष्ट लगामका असई सुविन शाहले जानकारी दिए । 

‘लकडाउनका कारणले कर्णाली नदीका पुलबाट आवातजावत बन्द गरिएका पछि कैलालीबाटै डुङ्गा मगाएका थिए ।’ उनले भने, ‘डुङ्गा चालक भने पौडी खेलेर सकुशल रहेका छन् ।’ वेपत्ता उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top