ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुग्यो 

नेपालगाथा २०७७ जेठ ३ गते शनिबार १६:५२:३७ मा प्रकाशित

काठमाडौँ । थप दुई जनामा कोरोना संक्रमण देखिए संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनामा कोरोना संक्रमण देखिए संगै संक्रमितको संख्या २ सय ७८ पुगेको जानकारी दिएको छ । जस मध्ये ३६ जना निको भएर घर फर्किएका छन् । भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।  

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा विकास देवकोटाले महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए । 
संक्रमितमध्ये पुरुष २ सय २४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top