होमपेज / समाज
काठमाडौं । कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । यस अघि शनिबार नै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने यो संगै ९ पुगेको हो ।
थप संक्रमित हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । यस अघि शनिबार नै संक्रमित हुने बर्दिया, सिराहा, पुर्सा लगायतका जिल्लामा गरी ६ जनामा कोुरोना संक्रमित भएको थियो ।