होमपेज / समाज
सुर्खेत । भारत तथा अन्य ठाउँबाट कर्णाली प्रदेशको नाकामा आएका नागरिकको नाकामै यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) गरिक्षण गरिने भएको छ । शुक्रबार भारत लगातका स्थानबाट प्रवेश गर्ने व्याक्तिहरुको व्यवस्थापन सम्वन्धि बसेको बैठकले आरडिटि टेष्ट गरेको प्रमाणको आधारमा तथा आरडिटि टेष्ट नभएकाको हकमा सामाजिक विकास मन्त्रालयले तत्काल सम्वन्धित नाकमै आरडिटि टेष्ट गरेर मात्रै प्रवेश गराउने निर्णय गरेको हो ।
बैकले तोकिएको सवारी साधन तथा स्वास्थ्य सामग्री बोक्ने सवारी साधन बाहेक निर्माण सामग्री र खाद्यान्न ओसार पसार गर्ने मालवाहक सवारी साधनलाई नाकामा कम्तिमा २४ घण्टा राखेर मात्रै प्रवेश गर्ने दिने निर्णय गरेको हो । साथै बैठकले क्वारेन्टाइन र सुरक्षा प्रवन्धको समन्वय आन्तरिक मामिला तथा कानून मन्त्रालयले निर्णय समेत गरेको छ ।
निर्णयहरु
.jpg)