ट्रेण्डिङ

होमपेज / समाज

सेभ द चिल्ड्रेनद्वारा कर्णाली प्रदेश सरकारलाई सहयोग

नेपालगाथा २०७७ जेठ २ गते शुक्रबार १८:११:३७ मा प्रकाशित

सुर्खेत । सेभ द चिल्ड्रेनले कर्णाली प्रदेश सरकारलाई सहयोग गरेको छ । सेभ द चिल्ड्रेन मध्ये तथा सुदुरपश्चिम फिल्ड कार्यालयले कर्णाली प्रदेश सरकारलाई (कोभिड –१९ ) कोरोना भाईरसको संक्रमण रोक्न सघाउने उद्देश्यले व्यक्तिगत सुरक्षा सामग्री र अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्त्रण गरेका हो । 

कार्यालयले ८ सय ८० सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरू ३ सय ७० थान डिस्पोजेवल एप्रोन, ३ सय ६२ थान एन ९५ मास्क, ३३ थान आईआर थर्मा्मिटर, १ सय ७५ जार हस्पीटल ग्रेड डिसईन्फेक्टेन्ट (५ लीटर), ७६ थान स्प्रे कन्टेनर, १ सय थान बायोहजार्ड ब्याग, १ सय ९० थान प्रोटेक्टीभ गगल्स, र ४ सय ५५ थान कोभिड पोष्टर प्रदान गरेको हो । 

सहयोग सामाग्री बुझ्दै सामाजिक विकास मन्त्री दल बहादुर रावलले कोभिड १९ महामारीको एकदम अप्ठ्यारो समयमा सेभ द चिल्ड्रेनबाट भएको यस सहयोगको लागि प्रदेश सरकारको तर्फबाट धरै धन्यवाद दिए ।  सेभ द चिल्ड्रेनले कोभिड १९ महामारीको योजनामा शुरुवात देखि गर्दै आएको सहयोगले प्रभावकारी योजना बनाउन मद्दत पुग्ने स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारी जोशीले बताइन् ।

सेभ द चिल्ड्रेनको प्राथमिकता कोभिड १९ को संक्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय बिशेषगरी जोखिममा रहेका बालबालिकाहरू सम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने रहेको सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक अरुणकान्त पौडेलले बताए ।

उनले यस्तो महामारीको समयमा सेभ द चिल्ड्रेन सुर्खेतद्घारा हस्तान्तरण गरिने स्वास्थ्य सामाग्रीहरूले कर्णाली प्रदेश सरकार र बिभिन्न स्थानीय सरकारहरूलाइृ कोभिड १९ महामारीको प्रभावकारी रोकथाम, उपचार र व्यवस्थापनमा थप सहयोग पुग्ने विस्वास व्यक्त गरे ।
साथै उनले क्वारेन्टाइन व्यवस्थापनका लागि अत्यावश्यक पर्ने सामग्रीहरू १० हजार थान सर्जिकल मास्क, ६० थान म्याट्रेस –बेड लगायत बिभिन्न किसीमका आधारभूत पिपिई तथा अन्य स्वास्थ्य सामग्रीहरू कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली प्रदेश अन्तर्गतका १३ वटा पालिकालाई सहयोग गरिएको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top