ट्रेण्डिङ

होमपेज / समाज

जिल्ला प्रशासनद्वारा जारी सवारी पास रद्द

नेपालगाथा २०७७ जेठ २ गते शुक्रबार १४:०१:२० मा प्रकाशित

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले लकडाउनको अवधीमा वितरण गरेको इ–पास तथा अन्य किसिमका सम्पूर्ण पासहरु गद्द गरेको छ । गृह मन्त्रालयको निर्देशन  अनुसार जारी गरिएका पासहरु जेठ ३ गते देखि लागु हुने गरी रद्द गरिएको जानकारी दिएको छ ।

प्रशासनले कोरोना भाइरसक (कोभिड(१९) को संक्रमण बढ्दै गइरहेको अवस्थामा गृह मन्त्रालयको निर्देशन अनुसार जेठ ३ गते देखि लागु हुने गरी  सवारी तथा मानिसहरुको आवतजावतकालागि जारी गरिएको सम्पूर्ण पासहरु रद्द भएको प्रशासकीय अधिकृत पदम लाल लामिछानेले जानकारी दिए ।

रद्द गरिएको अवस्थामा कुनै पनि किसिमको सवारी नचलाउन अनुरोध गरिएको छ भने नियम उलङ्गन गरेको अवस्थामा कानुन अनुसार कारवाहि गर्ने जानकारी दिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top